images

सुन तोलाको एक लाख २० हजार बढीमा कारोबार

काठमाडौं। सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको सुनचादी महासंघ नेपालले जनाएको छ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।

त्यसैगरी चादी तोलामा १५सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।