images

एकिकृत समाजवादीको सचिवालय बैठक आव्हान

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो। सचिवालय बैठकले पार्टीको महाधिवेशन तोक्नका लागि बैठक बोलाएको नेकपा एसले जनाएको छ।

एकीकृत समाजवादीले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अन्तरपार्टी निर्देशन ((अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए।

पार्टीको संरचना र सामर्थ्य विस्तारबारे बैठकले निर्णय गर्ने खतिवडाले जनाएका छन।