images

एनसेल प्रकरणबारे लेखा समितिको चासो

काठमाडौं । खर्बौंको सम्पत्ती रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एजिएटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर निकै कम मुल्यमा बेचेको छ । ८ बर्ष अगाडि १ खर्ब ४४ अर्बमा किनेको शेयरलाई १ खर्ब ३८ करोड घाटा खाएर एजिएटा एनसेलबाट बाहिरिएको हो ।

वार्षिक ५ अर्ब भन्दा धेरै नाफा गर्दै आएको एनसेलबाट एजिएटा बाहिरिएसङ्गै अनियमितताको आशंका गरिएको छ । लाभकर छल्नेदेखि आफ्नो सम्पत्ती सरकारको स्वामित्वमा जानबाट जोगिन नै एजिएटाले यस्तो कदम चालेको आकलन गर्न थालिएको छ । आखिर नाफा कमाईरहेको कम्पनीबाट एजिएटाले घाटामा किन शेयर बेच्यो रु हामीले यसको पछाडि देखिएका कानुनी पाटो र स्वार्थहरुको खोजी गरेका छौं । एक रिपोर्ट ।

दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद–बिक्रीबारे संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ । एनसेलको शेयर खरिद–बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरी सरोकारवाला निकायहरूलाई यसबारे जवाफ पठाउन पत्राचार गरेको हो ।

समितिले हक हस्तान्तरणबारे अध्ययन विश्लेषण गरेर सत्यतथ्यपूर्ण विवरण पठाउनु भनी नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो । अरू सरोकारवाला निकायसँग पनि यसबारे चासो राख्दै बोधार्थ पत्र पठाइएको समितिले जनाएको छ ।

समितिले एनसेलमा लगानी गरेका विदेशी कम्पनीहरूको शेयर खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो कि होइन? भनी प्रश्न गरेको छ । लेखा समितिले पत्राचार गरेका निकायहरू दूरसञ्चार सेवा प्रदायकलाई कुनै न कुनै रूपमा नियमन गर्ने निकायहरू पर्छन् ।