images

टिकटक विरुद्धको मुद्धाको सुनुवाई हुँदै,प्रतिबन्ध फुकुवाबारे प्रधानमन्त्री प्रचण्ड लचक

काठमाडौं। सरकारले टिकटक बन्द गर्ने निर्णय विरुद्ध परेको रिट माथि आज(मंगलबार) सुनुवाई हुँदै छ। सरकारले सामाजिक सद्भाव खलबलाएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

टिकटक बन्द गर्ने सरकारको निर्णय संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत भएको दाबी पनि गर्दै कानुन व्यवसायीहरुले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा सामाजिक सद्भाव खलबल्याउन नपाउने कुरा संविधान र प्रचलित कानुनहरूमा रहेको र त्यही आधारमा टिकटक बन्द गरिएको दाबी गरेकी थिइन। सोमबार सञ्चार मन्त्रालयले टिकटकलाई नियमन गर्न नसकिने भएकाले त्यसमाथि प्रतिबन्ध लगाउनु परेको जिकिर सहित सर्वाेच्च अदालतलाई जवाफ पेश गरेको थियो।

टिकटकमाथिको प्रतिबन्ध फुकुवा बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने लचक देखिएका छन।