images

कांग्रेस सरकारमा छ भन्दैमा सबै कमजोरी स्वीकार्न र पक्षपोषण गर्न सकिंदैनः महामन्त्री शर्मा

बाजुरा। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारमा भएकै कारण सरकारका कमीकमजोरीलाई स्वीकार गर्न नसकिने बताएका छन। मंगलबार प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन।

नेपाली कांग्रेस बाजुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पहिलो पटक बाजुरा पुगेका शर्माले भने,कांग्रेस पनि सरकारमा छ, भन्दैमा सबै कमजोरी स्वीकार्न र पक्षपोषण गर्न सकिन्न, कुन कुरामा समर्थन र आलोचना गर्ने काँग्रेस त्यसमा प्रष्ट छ ।

उनले भुकम्प पीडितको उद्दार, राहत वितरण र टहरा निर्माणका लागि लाग्ने खर्च दिने कुराको निर्णयमा सरकार जिम्मेवार बनेपनि टहरा निर्माणको काममा गम्भीर कमजोरी भइरहेको बताए ।

महामन्त्री शर्माले यो काम गर्ने बेला भएको बताउँदै पाएको जनमत र अधिकारको तीन वटै तहका सरकारले जिम्मेवार ढंगले काम देखाउनु पर्नेमा जोड दिए। सरकार कस्को भन्ने नै छैन्, कुनै दल सरकार बाहिर छैन्, कोही स्थानीय तहको नेतृत्व गरिरहेका छन्, त कोही संघ र प्रदेशको जनताको काम र देशको स्वाभिमानको चिन्ता र सरोकार सबैलाई हुनुपर्छ उनले भने।