images

एनसेल बिक्रिबारे सरकारलाई कुनै जानकारी छैन,हामी सूचना लिइरहेका छौंःअर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री वितरणबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन। मंगलबार बिहान चितवन विमानस्थलमा पत्रकाहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले एनसेल बिक्रीबारे सरकारलाई आधिकारीक जानकारी नभएको बताएका हुन।

पत्रकारसँगको कुराकानीमा डा महतले भने, ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।’उनले नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए । फरक प्रशंगमा बोल्दै डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किरहेको दाबी समेत गरेका छन।

उनले भने, ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह ९रेमिट्यान्स० बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।’