images

एकीकृत समाजवादी पार्टीको महाधिवेशनको जेठ ३ गतेबाट गर्ने निर्णय

काठमाडौं। नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति सरेको छ। नेकपा एकिकृत समाजवादीको सचिवालयको बैठकले महाधिवेशनको मिति टुंग्याएको हो।

यस अघि महाधिवेशन माघ दोस्रो साता गर्ने भनेता पनि महाधिवेशन आगामी जेठ ३ गतेबाट हुने गरि निर्णय गरेको हो।

एकीकृत समाजवादीको सोमबार र मंगलबार बसेको बैठकले आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले माघमा १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महाधिवेशनका लागि दस्तावेज तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा समिति बनाइएको छ ।