images

एनसेल बिक्रीमा नेता,कर्मचारी र व्यापारीको मिलेमतो छः डा कोइराला

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेता डा शेखर कोइरालाले एनसेल बिक्री प्रकरणमा राजनीतिक दलका नेता,कर्मचारी र व्यापारीहरुको मिलेमतोमा भएको आरोप लगाएका छन।

मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै डा कोइरालाले उक्त आरोप लगाएका हुन।

डा कोइरालाले भने,‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’उनले सरकारको मातहतमा आउनु पर्ने एनसेल एकाएक बिक्री भएको हुनले आशंका व्यक्त गरे।

उनले ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने बताए ।