images

तेस्रो बच्चा पनि बाटोमै जन्माइन् बाजुराकी पानसराले

काठमाडौं। बाजुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन। जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका ४ की ३१ वर्षीया महिला पानसरा रोकायाले तेस्रो बच्चा पनि बाटोमै जन्माएकी हुन। पानसराले यस अघि पनि एउटा काम गर्दै गर्दा बाटोमा र अर्काे जंगलमा जन्म दिएकी थिइन।

सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिएकी छन।

बुढिनन्दा ४ का वडाध्यक्ष राजन रोकायाले आफूले बाटोमा भएका कारण बुझ्न नपाएको स्पेश समाचारलाई जानकारी दिए। साथै सुत्केरीसँगै स्वास्थ्यको स्टाफ भएका कारण उनको अवस्था खतरामुक्त भएको विश्वास व्यक्त गरे।

जिल्लाको भौगोलिक बनावट र स्वास्थ्य संस्था पुग्न नै एक दिनसम्मको बाटो हिड्नु पर्दा त्यहाँका कतिपयम महिलाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन। यातायातको र सडकको राम्रो प्रबन्ध नहुँदा कयौं सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका छन।