images

राप्रपा पार्टीको नियमावली पारित, तीन महिना जनदवाब कार्यक्रम गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले नियमावली पारित गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीका नियमावली पास गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले बैठकले पार्टीको नियमावली पनि पास गरेको जानकारी दिए। त्यसैगरि उनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी बताए ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने दाबी गरे ।