images
images

विराटनगरकाे सातघुम्तीमा आगलागीमा परि दुई जनाको मृत्यु

काठमाडौं। विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो भएको आगलागी परि दुई जनाको मृत्यु भएको छ भने,दुई जनासख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरिक्षक रन्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।आगलागी नियन्त्रणमा आइसकेको छ । आगजनीको कारण भने खुल्न बाँकी रहेको दाहालले बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS