images

अशोक सिग्देल रथीमा बढुवा,प्रधानसेनापतिका लागि बाटो खुल्यो

काठमाडौं। सरकारले नेपाली सेनाको रिक्त रथी पदमा अशोकराज सिग्देललाई बढुवा गर्ने निर्णय गरेको छ। विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो।

मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न भन्दै नेपाली सेनाले सिफारिस गरेको थियो।सिग्देल रथीमा बढुवा भएसँगै भावि प्रधान सेनापति बन्ने भएका छन्। हालका प्रधान सेनापछि प्रभुराम शर्मा आगामी भदौमा अवकाशमा जाँदैछन्। उनी भदौमा प्रधानसेनापती बन्ने भएका हुन।

बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।