images

धादिङ केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं। धादिङ केन्द्र विन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ। आईतबार विहान ८ः२३ मिनेटमा धादिङलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं, लगायत धादिङ आसपासका जिल्लाहरुमा समेत गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त नभएको जनाएको छ।