images

एमालेबाट निर्वाचित वडाध्यक्ष परस्त्रीसँग हाेटलमा रंगेहात पक्राउ

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट निर्वाचित भएका एक वडाध्यक्ष परस्त्रीसँग नाजायज सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका हुन् । उनी नेकपा एमालेबाट दोस्रो पटक निर्वाचित वडाध्यष हुन।

प्रहरीका अनुसार धरान(१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए ।

पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्‌ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाउको छ ।