काठमाडौं। सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।
आइतबार काठमाडौंबाट कार्गो सामान लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको सिसा कहाँ खस्यो भन्नेबारे एकिन भएको छैन।
जहाज कार्गो सामानले भरिएकाले भित्रबाट प्रेसरले सिसा झरेको हुनसक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिएका छन । मगरका अनुसार पाइलट अमित गुरुङ र को(पाइलट लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए ।


स्पेस समाचार







