images

हामीले सरकार चलाउँदा कुशासन किन भएको?- थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारको आलोचना गरेका छन्। आफ्नै पार्टी नेपाली कांग्रेस सरकारमा रहेको भए पनि कुशासन बढेको भन्दै आलोचना गरेका हुन।

आइतबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण कार्यक्रममा उनले थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताए ।

उनले प्रश्न गर्दै भने,“पछिल्लो समय हामी को हौँ?आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ? ”

फरक प्रशंगमा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी क्यालेन्डरअनुसार नै काम गरिने समेत विश्वास व्यक्त गरे।

उनले जाजरकोट भूकम्प र एक हजार घर बनाउने, महासमिति बैठक तयारीलगायत विषयले क्यालेन्डरअनुसार काम हुन नसकेको स्पष्ट पारे।