images

तत्कालिन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्धा दायर

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको पाइएकाले आरोप पत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बस्नेत विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।