images

लोसपामा विवाद चुलियो, राजेन्द्र महतोद्वारा केन्द्रीय समितिको बैठक बहिस्कार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालभित्रको विवाद चुलिएको छ । जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेता राजेन्द्र महतोले आइतबार केन्द्रीय कार्यसमिति बैठक नै बहिस्कार गरेका छन् ।

३० वर्षदेखि मधेशमा राजनीति गरिरहेका पुराना नेताहरुलाई छुटाएर अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेको उनको आरोप छ । महतोसँगै उनी पक्षीय नेताहरु पनि बैठकमा नगएको बताइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले आगामी माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा संगठन विस्तारको एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको थियोे ।