images

ऋण लिएर गरेको व्यवसाय संकट परेमा बैंकहरुले सहयोग गर्नुपर्दछः ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका हुन् । बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले सर्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी पनि गरे ।