images

दलहरु सुशासन र भ्रष्टाचार विरुद्ध उभिनुपर्छः कानुनमन्त्री गुरुङ

काठमाडौं। कांग्रेस उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दलहरु सुशासन र भ्रटाचारविरुद्ध उभिनुपर्नेमा जोड दिएका छन् ।

आईतवार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहमा गुरुङले कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए । राजनीतिमा सुशासनको खडेरी परेकाबेला केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको उनको टिप्पणी छ ।

मन्त्री, कानून, न्याय तथा संसदीय मामिला कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले कुशासनका कारण नागरिक आक्रान्त भएको भन्दै सरकारमाथि प्रश्न गरेका थिए । एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको उनको भनाइ छ ।