images

देउवा बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन।

महासमिति बैठक सर्ने भएपछि देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हुन।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंसीर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मध्याह्न १२ः४५ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तीन वटा अजेन्डा तय गरिएका छन्। महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए।