images
images

प्रधानमन्त्री ज्यू,त्रिविको भिसी सार्वजनिक विज्ञापनबाट गर्नुहोस्ः सांसद पौडेल

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्रिभुवन विश्वविद्यालयको भिसी खुला विज्ञापन मार्फत गर्न आग्रह गरेका छन। सांसद पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त आग्रह गरेका हुन।

उनले देशकै पुरानो त्रिभुवन विश्वविद्यालयले कुनै समय उच्च शिक्षाको सिङ्गो धरातल समालेको स्मरण गर्दै विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गरेको उल्लेख गरेका छन। लाखौं लाख दक्ष जनशक्ति उत्पादन गरेको त्रिभुवन विश्वविद्यालय आज प्रतिष्ठित विश्वविद्यालय अत्यन्तै धाराशयी अवस्थामा पुगेको जनाएका छन। सांसद पौडेलले सरकार आफैले बनाएको क्यालेण्डरमा समेत हिड्‌न नसक्ने अवस्थामा पुगेको बताउँदै शिक्षक र कर्मचारी नियुक्ति देखि परीक्षा तालिका लगायतका सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको दाबी गरेका छन्।

सांसद पौडेलले भनेका छन, सरकारलाई मेरो आग्रह छ लाखौं विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस् ।आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रुपमा नियुक्ति गर्नुस् । नियुक्ति राजनीतिक रङ्गको आधारमा होइन वा कसैको दवाव र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।