images

प्रधानसेनापतिसँग छलफल गर्न बोलाएको राज्य व्यवस्था समितिको बैठक स्थगित

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्न मंसीर २७ गतेलाई बोलाइएको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ।

समितिमा रहेका एमाले सांसदहरु अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएकाछन।

समितिका सभापति खतिवडाले अर्काे बैठक पुस ४ गतेका लागि सरेको जानकारी दिए। मध्यपहाडी लोकमार्ग यात्राका कारण नेकपा (एमाले)का सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठकको मिति सारेको सभापति खतिवडाले जानकारी दिए।

समितिले सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई बैठकमा बोलाएको थियो।