images

नेपाल भारतसँग ५२ रनमा अलआउट, लिम्बानीले एक्लै लिए ७ विकेट

काठमाडौं। यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भएको हो।

भारतीय खेलाडी राज लिम्बानी एक्लैले ७ विकेट लिँदै नेपाललाई ठूलो क्षति पुर्याएका छन् । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए । यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो ।

यसअघि नेपाल सन् २००८ मा जिम्बाब्वे विरुद्ध ५९ रनमा अलआउट भएको थियो ।