images

ललितपुरको झम्सिखेलमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं। ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलाएर एक लागू औषध कारोबारीलाई नियन्यणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली ती व्यक्तिलाई हानेर एकजनालाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । इतेको साथबाट आइस ड्रग तथा एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले पूर्ण विवरण भने सार्वजनिक गरेको छैन।