images

एनसेल विरुद्ध सांसद अमरेसकुमार सिंहले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री गर्दा कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पु¥याएको दाबी गर्दै स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवदनमाथि मंगलबा सुनुवाइ हुन सकेन ।

मंगलबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको रिट हेर्न नभ्याउनेमा राखिएको हो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् । सिंहले मंसिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।