images

कोसी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

काठमाडौं। कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्की सवार गाडीमा झापामा आक्रमण भएको छ । झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा पहिचान पक्षधरले मंगलबार दमकमा मुख्यमन्त्री सवार गाडीमा ढुंगामुढा गरेका हुन् ।

गाडी छेकेर कालो झन्डा देखाएका प्रदर्शनकारीले सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार गरेका थिए । ढुंगाले लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको प्रहरीले जनाएको छ ।

प्रदेशसभाबाट १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।