images

नेपाली कांग्रेस संस्थापन इतर समूहको भेला हुँदै

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी पुस १६ देखि १९ सम्मका लागि तय महासमिति बैठक सार्न खोजेपछि इतरसमूह फेरि एक जुट हुने प्रयासमा छन् ।

संसदीय दलको चुनावपछि टाढिएका नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई एकै ठाउँमा ल्याउने प्रयास भएको हो । जसका लागि शेखरल समूहको आज भेला हुँदै छ।

कोसी प्रदेशका विद्रोहबीच शेखर र गगनबीच भेट पनि गराइएको छ संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो ।

मंगलबार बस्ने भनिएको यो बैठक आजका लागि सारिएको थियो। समूहमा विवाद भएपछि महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारिएको हो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।