images

भारतले चामल निर्यातमा कडाई गरेपछि तस्करी बढे

काठमाडौं । भारतले चामल निर्यातमा कडाइ गरेपछि तस्करी बढेको छ । सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरुले धमाधम नेपालतर्फ चामल तस्करी गरिरहेका छन् । कपिलवस्तुको रंगपुर पुर्निहवा आसपासका क्षेत्रमा खुलेआम चामल तस्करी हुँदा पनि प्रशासन भने मौन छ ।

सीमा क्षेत्रका अबैध बाटोहुँदै चामल तस्करी बढेको खबरपाएपछि स्पेस फोके टेलिभिजनका कपितवस्तु संवाददाताले दिन भर सीमा क्षेत्रमा गएर निगरानी गर्दा उक्त तथ्य फेला परेकाे हाे । एक दिनमै ३५ देखि ४० जना भारतीय नागरिकले ५० केजीसम्मका चामलका बोरा दैनिक ३ पटकसम्म ओसारपोसार गर्ने गरेको तथ्य फेला परेकाे हाे।

तस्करीहरुले नेपालतर्फ चामल तस्करी गरिरहेकाले आफू भरिया मात्र भएको बताएका छन् । उनीहरुले नेपालतर्फका विभिन्न गोदाममा चाम भण्डारण गर्ने गरेको जानकारी दिएका छन् । तर, कसको निर्देशनमा चामल तस्करी भइरहेको छ भन्ने चाँही खुलाउन चाहेनन् । मुख्य व्यक्तिकाबारेमा उनीहरुले अनभिज्ञता देखाएका छन् । सीमा क्षेत्रमा चामल तस्करी भइरहेको बारे भन्सार कार्यालय पनि जानकार छ । तर, नियन्त्रणमा भने चासो देखाएको छैन । तस्करीको मुख्य नाइकेसम्म पुग्न सुराखी खटाईएको भन्सार कार्यालयको दाबी छ ।

स्थलगत रिपोर्ट हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://www.facebook.com/watch?v=255142370651238

नेपाल–भारतबीच खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले विभिन्न सामान तस्करी गरहेका छन् । खुलेआम तस्करी हुँदा पनि भान्सार कार्यालय र सुरक्षाकर्मी भने अनदेखा गरिरहेकाे देखिन्छ। जसका कारण राजस्व त गुमेको छ नै, अन्धाधुन्धा रुपमा भित्राइएको सामानको गुणस्तरीयतामाथि पनि प्रश्न उठेको छ ।