images

म र गगनबीच कुनै मतान्तर छैनः डा कोइराला

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता डा शेखर कोइरालाले आफू र महामन्त्री गगन थापाबीच कुनै मतान्तर नभएको स्पष्ट पारेका छन्। बुधबार बत्तीसपुतली स्थिती अनुपम फुड्ल्याण्डमा बसेको संस्थापन इतर पक्षको बैठकमा डा कोइरालाले उक्त कुरा बताएका हुन।

हामीबीच कुनै मतान्तर छैन,जथाभावी नबोल्नु डा कोइरालाको भनाईलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले स्पेस समाचारलाई जानकारी दिए। पछिल्लो समय महामन्त्री थापा र डा कोइरालाबीच मनमुटााव भएको भन्दै समाचार माध्यमहरुमा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट समेत पारेका छन।

कोसी प्रदेशमा शेखर निकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कांग्रेसमा पार्टी भित्र कोइराला एक्लिएका थिए। नेपाली कांग्रेसका ९ सांसदको समूहलाई एमालेले समर्थन दिएपछि कार्कीको नेतृत्वमा सरकार बनेको हो । त्यसलाई लिएर महामन्त्रीद्वयले शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा भएको थियो ।

डा कोइराला नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका थिए भने महामन्त्री थापा संसदीय दलको सभापतिमा प्रतिस्पर्धा गरेका थिए। दुबै नेताहरु सभापति देउवासँग पराजित भएका हुन। कांग्रेस इतर पक्ष सरकार सञ्चालन देखि पार्टी भित्रको एकलौटीका विषयमा फरक मत सहित आलोचना गर्दै आइरहेको छ।