images

राप्रपा पार्टी कार्यालय नभत्काउन उच्च अदालत पाटनको आदेश

काठमाडौ । उच्च अदालत पाटनले राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस्नेतले जानकारी दिएका छन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले पाटन उच्च अदालतले राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन नभत्काउन र नक्सापास गर्न आए प्रक्रिया पूरा गरेर नक्सा पनि पास गरिदिनु भन्ने प्रमादेश जारी गरेको जानकारी दिए ।

गत साउन १५ गते काठमाडौँ महानगरपालिकाले हाइटेन्सन लाइनमुनी रहेको राप्रपाको धुम्बाराहीस्थित कार्यालयको संरचना अवैध रहेको भत्काउन प्रयास गरेको थियो ।