images

पूर्व गृहमन्त्री खाणको सुनुवाई न्यायाधीश कोइरालाको इजलाशमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको पुनरावेदनमाथि विहिबार सुनुवाइ हुँदैछ ।

उनको मुद्धाको सुनुवाई उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गते भएको सुनुवाइको क्रममा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । राय बाझिएकापछि उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।