images

भूकम्पपछि त्रिपालमूनी बस्दै आएकी जाजरकोटकी एक महिलाको चिसोकाे कारण मृत्यु

काठमाडौं। जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएका एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मृत्यु भएको हो । भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । भूकम्पले उनको दुइवटै घर पूर्णरुपमा क्षति बनाएको छ ।

पीडित परिवारलाई राहतका नाममा पाल, केही न्यायो कपडा र खाद्यान्न उपलब्ध गराइएको थियो । त्यो प्रपाप्त नभएको र त्रिपालमूनी बस्नु पर्दा चिसोले समातेपछि उनको मृत्यु भएको स्थानीयले जनाएका छन।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले धेरैलाई घरबारबिहीन बनाएको छ । केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्र्किएका छन् । घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ ।