images

सरकारले हस्तकला उधोगमैत्री नीति ल्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २०औं हस्तकला व्यापार मेलामा राष्ट्रपति पौडेलले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए । सरकारका सम्पूर्ण निकायबाट पनि स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा बिस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएको पनि बताए ।