images

सरकारको कामबाट कांग्रेसकै नेताहरु आजित भईसकेका छन्ः ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरु आजित भएको दाबी गरेका छन् ।

झुलाघाट चिवाभन्ञ्याङ सकंल्पयात्राको अभियानअन्तर्गत बिहीवार भोजपुरमा आयोजित सभा ओलीले सत्तामा रहेको कांग्रेसकै नेताहरु नै वर्तमान सरकारको कामबाट सन्तुष्ट हुन नसकेको दाबी गरेका हुन् । कांग्रेस नेताहरु निर्वाचनका लागि २०८४ सम्म कुर्ननसक्ने अवस्थामा पुगेको ओलीको जिकिर छ । उनले मिसन ८४ हरेक नेपालीको मिसन भएको पनि बताए ।

महासचिव शंकर पोखरेलले पार्टीको महाकाली–मेची यात्राले जनतामा उत्साह थपेको दाबी गरे । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा ठिक निर्णय लिएको पुष्टि भएको उनको भनाइ छ ।