images

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ३ गते बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ ।

पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन गर्ने तयारी पनि गरिएको छ । भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान आगामी पुस १६ गते सकिँदैछ । दाहाल नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ ।