images

कांग्रेस महासमितिको बैठक सार्ने निर्णय

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक सार्ने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो। बैठक आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी निर्णय भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो । यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता निधिले बताए ।

यसका साथै कार्यसम्पादनको बैठकले राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्‍वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।