images

मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु

काठमाडौ । मोटरसाइकल दुर्घटना हुँदा चितवनको माडीमा वडासदस्यको मृत्यु भएको छ ।

शनिबार बेलुका माडी नगरपालिका–१ गर्दिमा बाग्मती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धधान भइरहेको जानकारी दिए ।