images

सर्वोच्च अदातलका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ । सर्वाेच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ ।

प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ