images

एमालेको संकल्पयात्राको आज अन्तिम दिन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संकल्प यात्राको आज अन्तिम दिन रहेको छ । समृद्धिका लागि संकल्प यात्राको अभियानको अन्तिम दिन । चिवाभन्ज्याङमा पुगेर टुंगिन लागेको हो।

मंसिर १४मा झुलाघाटवाट सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रुपमाचिवाभन्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गर्न लागेको एमालेले जनाएको छ ।

तर यस यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तरजारी रहने एमालेले जनाएको छ।