images

रुसी सेनामा कार्यरत कैलाली-टिकापुरका भरत शाहको मृत्यु

काठमाडौं। रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो।

टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र मृत्युको खबरबारे जानकारी पाएका थिए। लडाइमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए।

दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएका थिए । रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन। शाहसँगै युक्रेनका बिरुद्ध रुसका तर्फबाट लडिरहेका कञ्चनपुरका युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने संभावना नरहेको पीडादायी मेसेज पठाएका छन्।