images

प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाद्वारा काठमाडौंस्थित भन्सार विभाग घेराउ

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाले काठमाडौंस्थित भन्सार विभाग घेराउ गरेको छ । आईतबार आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो ।

सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने आजपाको माग छ । तीन दिनभित्र माग पूरा नभए जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने आजपाले चेतावनी दिएको छ ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको मालसमान बरामद गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल ४५ प्रतिशत रकम पुरस्कार स्वरूप दिने व्यवस्था छ ।