images

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । आइतबा जिल्ला सदरमुकाम मार्तडीबाट गौमुलतर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सु.प.प्र०१००२ त४१०५ र लु.त७३०५ नम्मरको ट्याक्टर करिब साढे पाँच बजे तिर बडिमालिका नगरपालिकामा पर्ने खडिगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा बडिमालिका १ का चन्द दानी , गौमुल गाउँपालिका ६ का हिक्मत रोकाया , बडिमालिका नगरपालिका २ का देवराज जोशी र सोही वडाकी करिस्मा(कृति) रोकाया को रहेको प्रहरीले जनाएको छ ।