images

चीनमा भूकम्पमा परि कम्तिमा १११ जनाको मृत्यु ,२२० जना घाइते

उत्तरपश्चिमी चीनको गान्सु र छिन्घाई प्रान्तमा भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ ।

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको ६.२ परिमाण (म्याग्निच्युड)को भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको उत्तरपश्चिमी पहाडी क्षेत्रमा भूकम्प गएको हो । आधिकारिक सिन्ह्वा समाचार सँस्था (एजेन्सी)ले सोमबार मध्यरात अघि आएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिमेकी प्रान्त छिङहाइमा अन्य ११ जनाको मृत्यु भएको जनाएको छ।

सिन्ह्वाका अनुसार गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । भूकम्पको धक्का गान्सुको जिशिशान काउन्टीमा छिङहाइसँगको प्रान्तीय सीमाबाट करिब ५ किलोमिटर (३ माइल) टाढा रहेको थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको परिमाण (म्याग्निच्युड )५.९ मापन गरेको छ ।

त्यहाँ जडान गरिएका अङ्कीयचित्रक (क्यामरा )ले देखाए अनुसार पानी र बिजुली पद्धतिको साथै यातायात र सञ्चार पूर्वाधारमा क्षति पुगेको देखिएको छ ।

गान्सु प्रान्तको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस गरिएको थियो भने विश्वविद्यालयका विद्यार्थीहरू आफ्नो छात्रावासबाट बाहिर निस्केका थिए।