images

माओवादी पदाधिकारीको बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । बैठक आज (मंगलबार) अपराह्न ३ बजे बस्ने भएको हो ।

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।