images

चैतसम्म यो संविधान खारेज हुनसक्छः कांग्रेस नेता भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म संविधान खारेज हुने दाबी गरेका छन।

मंगलबार पोखरामा सुरु भएको नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै नेता भण्डारीले आगामी चैतसम्म मुलुकमा जे पनि हुन सक्ने बताए। उनले भने, ‘यो चैतभित्र संविधान खारेज हुन सक्छ। यदि मैले पाएको सूचना गलत छैन’।

उनले प्रदेश संरचनाको विकल्प खोज्नु पर्नेमा पनि उनको जोड दिदै ‘ठुलो जनमत प्रदेश संरचनाको विरोधमा रहेको स्पष्ट पारे। उनले प्रदेशको विकल्प खोज्नुपर्ने बताउँदै कांग्रेसलाई बलियो बनाउने हो भने अहिलेको निर्वाचन संरचना बदल्न आवश्यक रहेको टिप्पणी गरे।