images

एनसेल खरिद बिक्री प्रकरणः सर्वाेच्चद्वारा कारणदेखाउ आदेश जारी

काठमाडौं। सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि पुस १६ गते छलफलमा बोलाएको हो । सांसद अमरेश कुमार सिंहले गत मंसिर २२ मा एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सर्वोच्चमा एनसेल आजियटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन रिटमा माग गरिएको थियो ।