images

सन्दीप लामिछाने विरुद्धको मुद्धामा दुबै तर्फका कानुन व्यवसायीहरुले बुझाए बहस नोट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका कानुन व्यवसायीहरुले अदालतलाई बहस नोट बुझाएका छन् ।

जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । अदालको आदेशअनुसार जाहेरीकर्ता गौशला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् ।

सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो बहस नोट बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ । दुवै पक्षको बहस नोटमा गौशला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ ।

सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । सन्दीपका वकिलहरुले गौशाला २६ नाबालिग नरहेको पुष्टि गर्ने ११ वटा दस्तावेज बहस नोटमा राखेका छन् । सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ ।