images

बस ट्रक एक आपसमा ठोकिँदा बारामा तीन जनाको मृत्यु

काठमाडौं । बस ट्रक एक आपसमा ठोकिँदा बारामा तीन जनाको मृत्यु भएको छ। बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको हा े। दुर्घटनामा परि २७ जना घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार विहान झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३(००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा जुधेका थिए ।

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।