images

माओवादी पदाधिकारीको बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा माओवादी पदाधिकारीको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो तीन बजे बस्ने माओवादी केन्द्रले जनाएको छ।

मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बुधबारको बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए। ‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ ।